यस्तो छ आजको मौसम

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन ३, शनिबार ०६:३८

काठमाडौं । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती. गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा हाल आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा आज (शनिबार) हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

Advertisement

बिहानीपख तराईका केही भू–भागहरूमा हुस्सु र कुहिरो लाग्ने जनाइएको छ । जसका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.