पुलिसलाई पराजित ब्ल्याक बुल्सले जित्यो २४औं आहारारा गोल्डकपको उपाधि

Share this
810shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ३, शनिबार १७:०७

पोखरा । उज्वेकिस्तानको ब्ल्याक बुल्सले २४औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ । शनिबार ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३– १ ले पराजित गर्दै उपाधि जितेको हो ।

ब्ल्याक बुल्सले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।

ब्ल्याक बुल्सका लागि कुभोनचबेक ओलिनोभले ४०औं, असिलबेक ओरिफजोनोभले ५८औं तथा साभकातजोन सात्तोरोधले ६६औं मिनेटमा गोल गरेका थिए ।

पुलिसका शिशिर चौधरीले ७४औं मिनेटमा गरेको गोल फर्काए ।

ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० र सेमिफाइनलमा थ्री स्टारलाई ४–० ले पराजित गरेको थियो ।

उपाधि जितेको ब्ल्याक बुल्सले १२ लाख १ हजारसहित आहाराराको ट्रफी प्राप्त गर्‍यो । उपविजेता पुलिसले ६ लाख १ हजारमा प्राप्त गर्यो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.