
काठमाडौं । पुरूष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवेदन खुलाएको छ ।
भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको दुई वर्षे सम्झौता सकिएपछि क्यानले नयाँ प्रशिक्षकलाई विज्ञापन आह्वान गरेको हो ।
क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको योग्यतासहित ५ वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको छ ।
फेब्रुअरी २८ सम्म आवेदन दिने अन्तिम मिति तोकिएको छ ।



















