तेक्वान्दोको ‘ग्रेडिङ’ सम्पन्न 

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ४, आइतबार १९:११

विराटनगर । नेपाल तेक्वान्दोको जुनियरतर्फको ‘ग्रेडिङ’ सम्पन्न भएको छ ।

विराटनगर–५ स्थित फ्युजन तेक्वान्दो एकेडेमी डोजोङले आयोजना गरेको ‘ग्रेडिङ’मा ५० जना खेलाडीले भाग लिएको संयोजक सिर्जना सत्याल बुढाथोकीले जानकारी दिइन् ।

उनका अनुसार जुनियनतर्फको ‘ग्रेडिङ’मा ५० जना खेलाडीले पहेंलो र रातो पेटीको ‘ग्रेडिङ’ भएको थियो ।

‘ग्रेडिङ’मा सफल भएका पुरुष र महिला खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरज श्रेष्ठ, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष ईश्वर बाँस्कोटा, प्रशिक्षक नारायण बुढाथोकीलगायतले प्रमाणपत्र प्रदान गरेका थिए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.