
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आगामी मार्चमा युगाण्डा भ्रमण गर्ने भएको छ । त्यस क्रममा मैत्रीपूर्ण खेल खेलिने भएको छ ।
त्यसका लागि प्रारम्भिक चरणको प्रशिक्षणमा सहभागी हुन नयाँ खेलाडीहरूसहित ‘क्याम्प’ को घोषणा भएको छ । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा मार्च ६ देखि १७ सम्म युगाण्डामा संचालन हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा १८ खेलाडी प्रशिक्षणमा बोलाइएका हुन् ।
टोलीमा यू–१९ विश्वकप खेलेका तीन नयाँ खेलाडीहरू समावेश छन् । जसअनुसार सना प्रवीन, रिया शर्मा र सीमाना केसी टोलीमा समेटिएका छन् । यस्तै, शोभा रोकाया समावेश भएका छन् ।
नेपाली टिमका १८ जना खेलाडीहरूमा कप्तान इन्दु बर्मा, रचनाकुमारी चौधरी, राजमती ऐरी, अलिसाकुमारी यादव, सबनम राई, सना प्रवीन, रुबिना क्षेत्री, ममताकुमारी चौधरी, कविता जोशी, रोमा थापा, ईश्वरी विष्ट, रिया शर्मा, सम्झनाकुमारी खड्का, पूजा महतो, विन्दु रावल, मनिषाकुमारी उपाध्याय, शोभा रोकाय र सीमाना केसी छन् ।



















