कोशी अस्पतालमा ‘पोष्ट अपरेटिभ वार्ड’ सञ्चालन

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन ७, बुधबार ०९:२०

विराटनगर । विराटनगरको कोशी अस्पतालमा ‘पोष्ट अपरेटिभ वार्ड’ सञ्चालनमा ल्याइएको छ । मंगलबारदेखि ५ शैय्याको वार्ड सञ्चालनमा ल्याइयो ।

अस्पतालमा उपलब्ध स्रोत साधनकोे प्रयोग गरी भेन्टिलेटरसहितको वार्ड सञ्चालन गरिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुना झाले जानकारी दिइन् । उनका अनुसार शल्यक्रिया गरिएका बिरामीलाई राख्न वार्ड आवश्यक थियो ।

‘पोष्ट अपरेटिभ वार्ड’ नहुँदा यसअघि शल्यक्रियापछि बिरामीलाई आईसीयू वा अवस्था हेरेर अन्ड वार्डमा राख्ने गरिएको थियो । अस्पतालमा रहेको स्रोतको अधिकतम् प्रयोग गरी बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने डा. झाको भनाइ छ ।

कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालमा नेपालसहित भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालबाट दैनिक १ हजारभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् ।

तपाइको प्रतिक्रिया
इनरुवामा बरामद गाँजा २,५६६ किलो
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×