गुन्डागर्दी गर्नेलाई संरक्षण गर्नु हुँदैन: भण्डारी

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ८, बिहीबार २०:५६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले खेलाडी र खेलकर्मीको नाममा गुन्डागर्दी गर्नेलाई कसैले पनि संरक्षण गर्न नहुने बताएकी छन् ।

गत माघ २५ गते केही समूहले ज्ञापनपत्र बुझाउने क्रममा त्रिपुरेश्वरस्थित राखेपका सदस्यसचिव टंकलाल घिसिङको कार्यकक्षमा भएको तोडफोड र सदस्यसचिव घिसिङलाई गरिएको दुर्व्यवहारको विरोधमा बिहीबार राखेप हातामा आयोजित कार्यक्रममा अध्यक्ष भण्डारीले सो कुरा बताएकी हुन् ।

‘खेलाडी र खेलकर्मीको नाममा गुन्डागर्दी गर्ने कसैलाई पनि संरक्षण गर्न हुँदैन । घटना घटेको २ साता भइसक्यो । कोही पक्राउ परेका छैनन् । यस्ता आपराधिक घटनामा संलग्नको यथाशीघ्र खोजी गरी कानुनी दायरामा ल्याएर कारबाही गर्न सम्बन्धित निकायसँग कर्मचारी संघ जोडदार माग गर्दछ,’ अध्यक्ष भण्डारीले भनिन्, ‘यो प्रहार भनेको सदस्यसचिव माथि गरिएको मात्र नभई सिङ्गो खेल क्षेत्र र तमाम खेलकर्मी माथिको प्रहार हो । यो कार्यक्रम विरोधसँगै दोषीलाई कानुनी दायरामा ल्याउन दबाब पनि हो ।’

सो अवसरमा राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य प्रकाशकुमार कुसारी, अञ्जन धमला, विदुर ढुंगाना, नन्दा बस्याल, रामचन्द्र श्रेष्ठ, अन्जना श्रेष्ठ, मधुसुदन सुवेदी र हिमालकुमार श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कर्मचारी संघका महासचिव कुमार बस्नेतलगायत पदाधिकारी, कर्मचारी, प्रशिक्षक, राष्ट्रिय खेल संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अधिकांश वक्ताले अनुशासनहीन कार्यको घोर भत्सर्ना गर्दै दोषीलाई चाँडो भन्दा चाँडो खोजी गरी कानूनी कारबाही गर्नु पर्नेमा जोड दिए ।

यसअघि उक्त घटनाको विरोधमा नेपाल ओलम्पियन संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र कर्मचारी संघले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी विरोध गरेका थिए भने विभिन्न ३४ राष्ट्रिय खेल संघले पनि सामूहिक विज्ञप्ति निकाल्दै विरोध जनाएका थिए ।

घटनाको विभिन्न खेल संस्थाबाट पनि चौतर्फी विरोध भएको थियो ।

तपाइको प्रतिक्रिया
इन्टरनेट सेवा प्रदायकलाई १० दिनभित्र दस्तुरको विवरण बुझाउन प्राधिकरणको निर्देशन
सुनको मूल्य घट्यो
सीओपीडी रोगको जोखिम र समयमै उपचारबारे जनचेतना र्‍याली
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.