
काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फाइनलमा पुगिसकेका दुई टोलीले २–२ गोलको बराबरी खेलेका हुन् ।
खेलको पहिलो हाफ नै २–२ को बराबरी भएको थियो । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन् ।
दुवै टोलीले ३–३ खेलबाट ७–७ अङ्क जोडेका छन् । गोलअन्तरका आधारमा म्यानमार पहिलो र नेपाल दोस्रो स्थानमा छ । फाइनल खेल बुधबार हुनेछ ।



















