कोशी क्रिकेट महोत्सव सम्पन्न

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १५, बिहीबार १८:४५

विराटनगर । विराटनगरमा क्रिकेट खेलको प्रवर्धन गर्नका लागि ‘कोशी क्रिकेट महोत्सव २०२५’ बिहीबार सम्पन्न भएको छ । 

कोशी प्रदेशमा क्रिकेट खेलको प्रवर्धन गर्ने उद्देश्यले नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा एमसीसी फाउण्डेसन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा क्रिकेट महोत्सव सम्पन्न भएको हो ।  

विराटनगर–६ स्थित ज्वाला क्रिकेट ग्राउण्डमा भएको क्रिकेट महोत्सवको उद्देश्य भुइँ तह क्रिकेटको विकास, प्रवर्धन र विद्यालयस्तरीय खेलाडीहरू उत्पादन गर्नु रहेको बताइएको छ । 

विद्यालयस्तरबाटै प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गरेर नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

उनले विद्यालय क्रिकेटलाई सशक्त बनाउँदै खेलाडीहरूलाई क्रिकेटमा समान अवसर दिने र खेलाडीहरूलाई पेशागत क्रिकेटतर्फ आकर्षित गर्ने यसको मुख्य उद्देश्य रहेको बताए ।

क्रिकेट महोत्सवमा विराटनगरको आदर्श बालिका, आदर्श मावि, जनपथ मावि, श्री माध्यमिक मावि, विराट बहिरा मावि र सुशिक्षा निकुञ्ज गरी ६ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।

विद्यालयस्तरीय केटा र केटी दुवै तर्फका प्रतियोगिताहरू भएका थिए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.