विराट गाेल्डकप : पहिलो हाफ २-२ गाेलकाे बराबरी

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १९, सोमबार २०:४९

विराटनगर । विराट गाेल्डकपकाे उद्घाटन खेलकाे पहिलो हाफमा २-२ गाेलकाे बराबरी भएको छ ।

विराटनगरकाे सहिद रंगशालामा आयाेजक माेरङ रिजालको एफए र भारतको साउथन समिति काेलकाताबीचको खेल पहिलो हाफ २-२ गाेलकाे बराबरीमा सकिएको हो ।

आयाेजक रिजालकाे माेरङ एफएका लागि अभिषेक गुरुङले १० मिनेटमा अग्रता दिलाएका थिए । साउथन समिति काेलकाताले १३ मिनेटमा बराबरी गाेल फर्कायाे ।

कोलकाताका सुदीप्ता हाल्देनले खेललाई बराबरीमा ल्याएका हुन् । खेलकाे ३४ मिनेटमा काेलकाताले अग्रता बनायाे ।

कोलकाताका अनिमेषले हेडमार्फत गोल गर्दा खेल २–१ को अवस्थामा पुग्यो ।  पहिलो हाफको ४६ औं मिनेटमा पेनाल्टीलाई सदुपयोग गर्दै दाेर्जे तामाङले गोल गरेपछि खेल २–२ को अवस्थामा पुगेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.