
विराटनगर । विराट गोल्डकपमा आज (मंगलबार) शुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुँदै छ ।
विराटनगरको सहिद रंगशालामा साँझ ६ः३० बजेबाट खेल सुरु हुने छ । पाहुना टोली भारतको शुभेदा र नेपालको विभागीय टोली एपीएफबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
सोमबार राति सम्पन्न पहिलो खेलमा आयोजक मोरङ रिजालको एफएले पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्यो । पाहुना टोलीलाई पन्छाउँदै मोरङ क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।



















