विराट गोल्डकप : दिल्ली र एपीएफबीचको पहिलो हाफ गोलरहित बराबरी

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २०, मंगलबार २०:०३

विराटनगर । विराट गोल्डकपको दोस्रो दिन आज शुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा भइरहेको छ ।

विराटनगरको सहिद रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । मध्यान्तरअघि दुवै टोलीले गोल गर्नका लागि पाएका केही राम्रा र महत्त्वपूर्ण अवसर गुमाएका छन् ।

दुवै टोली चुक्दा पहिलो हाफमा गोल हुन सकेन । पाहुना टोली भारतको शुभेदा र नेपालको विभागीय टोली एपीएफबीच रोमाञ्चक खेल भइरहेको छ । अब १५ मिनेटको ब्रेकपछि दोस्रो हाफ सुरु हुने छ ।

सोमबार राति सम्पन्न पहिलो खेलमा आयोजक मोरङ रिजालको एफएले पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्यो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.