
विराटनगर । विराट गोल्डकपको पहिलो क्वाटरफाइनल खेलकाे पहिलो हाफमा विभागीय टिम त्रिभूवन आर्मीले अग्रता लिएको छ ।
विराटनगरको सहिद रंगशालामा जारी खेलमा आर्मीले घरेलु टिम रिजालको मोरङ ११ विरुद्ध १-० काे अग्रता बनाएको हाे ।
पहिलो हाफको ३७ औ मिनेटमा आर्मीका निरज चौधरीले गोल गरेर टिमलाई अग्रता दिलाए थिए । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले गाेल गरेका हुन् ।
पहिलो क्वाटरफाइनल खेलको बिजेता टिमले पहिलो सेमिफाइनल फागुन २५ गते खेल्नेछ । आज जित्ने टिमले फागुन २३ गते हुने हुने मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीचको बिजेता टिमसँग खेल्नेछ ।



















