विराट गोल्डकप : पहिलो हाफमा चर्च ब्वाइजको अग्रता

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २४, शनिबार १९:४३

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलकाे पहिलो हाफमा चर्च ब्वाइजले अग्रता लिएको छ । 

विराटनगरको सहिद रंगशालामा शनिबार भएको अन्तिम क्वाटर फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडले एनआरटी फुटबल क्लबलाई पहिलो हाफममा १–० गोलले अग्रता बनाएको हाे  ।

खेल सुरु भएको ३४ औं मिनेटमा चर्च ब्वाइज युनाइटेडको तर्फबाट रिचर्ड विल्सनले गोल गरेर टिमको अग्रता दिलाए हुन्  ।

यो खेल सकिएसँगै सेमिफानलको समिकरण पूरा हुनेछ । आज जित्ने टिम दोस्रो सेमिफाइलनमा सोमबार नेपाल पुलिससँग खेल्नेछ ।

भोलि विभागीय टिम त्रिभूवन आर्मी र थ्रीस्टार बिच हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.