
विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको फाइनल खेल सुरु भएको छ । उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र काठमाडौंकै थ्रीस्टार क्लबबीचकाे खेल सुरु भएको हाे ।
चर्च ब्वाइज सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता हो भने थ्रीस्टार विराट गोल्डकपको ५ औं संस्करणको विजेतासमेत हो ।
चर्च ब्वाइजले पहिलो पटक गोल्डकपको उपाधि जितको लक्ष्य राखेको छ भने थ्रीस्टार दोस्रो पटक उपाधि हत्याउने योजनामा छ ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँका साथै ट्रफी, मेडल प्राप्त गर्नेछन् ।



















