विराट गाेल्डकप फाइनल : पहिलो हाफमा थ्रीस्टारकाे अग्रता

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २८, बुधबार १९:४७

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको फाइनल खेलकाे पहिलो हाफमा थ्रीस्टारले अग्रता लिएको छ ।

चर्च ब्वाइज युनाइटेडविरुद्धकाे खेलको पाँचौं मिनेटमा थ्रीस्टारले अग्रता लिएको हाे । थ्रीस्टारका लागि खेमराज श्रेष्ठले गाेल गरे ।

पहिलो हाफ चर्च ब्वाइजले पटक पटक आक्रामक प्रहार गरेपनि गाेल गर्न सकेन ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँका साथै ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.