इण्डो–नेपाल क्रिकेटको उपाधि पेनोरिस ११ लाई

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ५, मंगलबार ०९:३१

झापा । झापाको मेचीनगरमा भएको इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस ११ ले जितेको छ । 

मेचीनगर–४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा भएको खेलमा थण्डर्स–११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस च्याम्पियन बनेको हो । विजेता पेनोरिसले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता थण्डर्सले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

टस जितेर पहिलो ब्याटिङ गरेको थण्डर्सले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९१ रन मात्र बनायो । रोहित राजवंशीले १९ रन, आयुष न्यौपानेले १४ रन र आसिक राना मगरले १३ रन बनाए ।

बलिङतर्फ पेनोरिसका राकेश रोय, सुनिल घोष, बोनोमली रोय र आचरल प्रधानले समान २–२ विकेट तथा सन्दीप प्रसादले १ विकेट लिए ।

९२ रनको लक्ष्य पाएको पेनोरिसले ९ ओभर ५ बलमा ३ विकेटको क्षतिमा विजयी लक्ष्य हासिल गर्यो । सुभांकर देवनाथले ५२ रन र कञ्चन उप्रेतीले १५ रन बनाए । थण्डर्सका शिव राजवंशीले २ विकेट र विराट डाँगीले १ विकेट लिए ।

खेलको म्यान अफ द म्याच पेनोरिसका सुभांकर देवनाथले १ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा ७ विकेट तथा ७८ रन बनाएका थण्डर्सका रोहित राजवंशी म्यान अफ द सिरिज हुँदै ५ हजारसहित ट्रफी पाए ।

प्रतियोगितामा बाहुनडाँगी युवा क्लब, दमक क्रिकेट क्लब, पेनोरिस ११, थण्डर्स ११, ड्रागन ११, बौद्धमोड क्रिकेट क्लब, सरस्वती क्रिकेट क्लब, झापा क्रिकेट क्लब, बल ब्लाष्टर्स भद्रपुर, लर्ड बुद्ध एकेडेमी काँकरभिट्टा, आदर्श युवा क्लब बुद्धबारे, ताराबारी युथ क्लबको सहभागिता रहेको थियो ।

मेचीनगरकी उपप्रमुख मीना पोखरेल उप्रेतीको, ४ नम्बरका वडाध्यक्ष अर्जुनकुमार कार्की, आयोजक संस्थाका अध्यक्ष जीवनकुमार दर्जीलगायतले पुरस्कार प्रदान गरे । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.