
काठमाडौं । भारतको अरुणाञ्चल प्रदेशमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रंगशालामा हुने आगामी मे ९ देखि १८ तारिखसम्म हुने खेलको मंगलबार (आज) तालिका सार्वजनिक गरिएको छ ।
खेल तालिकाअनुसार नेपालले पहिलो खेल श्रीलंकासँग मे ११ तारिखमा खेल्ने छ । सोही दिन भुटान र बंगलादेशबीच पनि प्रतिस्पर्धा हुनेछ ।
विभिन्न ६ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । समूह ‘बी’ मा नेपालसँगै भारत र श्रीलंका छन् ।
त्यसैगरी, नेपालले आफ्नो दोस्रो खेल मे १३ तारिखमा घरेलु टोली भारतको सामना गर्नेछ । १३ तारिखमै हुने अर्काे खेल माल्दिभ्स र भुटानबीच हुनेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा भने साबिक विजेता बंगलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘बी’ अन्तर्गतका बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटनकै दिन हुने अर्काे खेलमा श्रीलंका र भारतबीच हुने जनाइएको छ ।



















