मिल्स गोल्डकपः पाहुना टोलीलाई पन्छाउँदै इटहरीको टीएफसी सेमिफाइनलमा

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ५, मंगलबार १९:१८

विराटनगर । सुनसरी इटहरीको टीएफसी तालतलैयाले भारत विहारको वाइएससी खोखाझील कटिहारलाई हराउँदै सेमिफाइनलमा पुगेको छ । 

विराटनगरमा जारी ५ औं मिल्स गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार (आज) भएको खेलमा इटहरीले पाहुना टोली कटिहारलाई ४–० गोल फरकमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।  

इटहरीका लागि सनिश लिम्बू, करण सुनवार, निश्चल लामा र निवास फुयाँलले टोलीका लागि गोल गरे । फाइनल यात्राका लागि इटहरीले बिहीबार पहिलो सेमिफाइनल उदयपुरको फ्युजन फुटबल क्लबसँग खेल्ने छ ।   

खेलको ३७ औं मिनेटमा इटहरीका सनिश लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाए । ७४ औं मिनेटमा करण सुनवारले गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो गोल गरेको  ३ मिनेट बित्न नपाउँदै निश्चल लामाले गोल थप्दै अग्रता तेब्बर बनाए । खेलको अतिरिक्त समयमा निवास फुयाँलले गोल थपे । 

खेलको प्लेयर अफ म्याच इटहरीका कप्तान सविन घिमिरेले २ हजार १ सय रुपैयाँ पाए । 

मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबार आयोजक लालीगुराँस स्पोर्टिङ क्लब मिल्स एरिया विराटनगर र लेटाङ फुटबल क्लबबीच हुनेछ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.