मिल्स गोल्डकपः आयोजक टोलीलाई हराउँदै लेटाङ सेमिफाइनलमा 

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र ६, बुधबार २०:१२

विराटनगर । आयोजकको टोली लालीगुराँस स्पोर्टिङ क्लबलाई पन्छाउँदै लेटाङ फुटबल क्लब ५ औं मिल्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   

प्रतियोगिताअन्तर्गत बुधबार (आज) विराटनगरको जुट मिलको खेल मैदानमा भएको खेलमा लेटाङले आयोजकलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

Advertisement

खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भयो । लेटाङका पुजन चौधरी, तेजन गुरुङ, सौगात राई र सुजन तिलवाले गोल गरे । 

आयोजकका आशिष लावती र रमेश चौधरीले गोल गरे भने विवेक राई र कैलाश बस्नेतले गरेको प्रहारलाई लेटाङका गोलरक्षक पूर्ण चेम्जोङले विफल पारे । चेम्जोङ खेलको म्यान अफ द म्याच भए ।  

जितसँगै लेटाङले शुक्रबार दोस्रो सेमिफाइनलमा घरेलु टोली पेमा युवा स्पोर्टिङ क्लबसँग फाइनल यात्राका लागि खेल्ने छ । 

खेलको ४ औं मिनेटमा आयोजकका भुवन बस्नेतले गोल गर्दै अग्रता लिएको थियो । आशिष लावतीले निकालेको क्रस पासमा बस्नेतले गोल गरे । आयोजकले अग्रता लिएको १३ मिनेट बित्न नपाउँदै लेटाङले गोल गर्दै खेल बराबरीमा ल्यायो । 

लेटाङका अनुप मगरले निकालेको पासमा सागर तिवारीले गोल गर्दै खेल बराबरीमा ल्याए । 

मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो सेमिफाइनल खेल गाईघाटको फ्युजन फुटबल क्लब र इटहरीको टीएफसी तालतलैयाबीच हुने ट्रष्ट विष्णु डंगोलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.