मिल्स गोल्डकपः उपाधि नजिक गाईघाटको फ्युजन 

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ७, बिहीबार १९:४७

विराटनगर । विराटनगरमा जारी ५ औं मिल्स गोल्डकप फुटबलको फाइनलमा गाईघाटको फ्युजन फुटबल क्लब पुगेको छ । 

प्रतियोगिताअन्तर्गत बिहीबार जुट मिलको खेल मैदानमा खेलमा गाईघाटले सुनसरी इटहरीको टीएफसी तालतलैयालाई ५–१ गोलअन्तरमा हराउँदै फाइनलमा पुगेको हो ।

गाईघाटले उपाधि जितका लागि शुक्रबार हुने घरेलु टोली पेमा युवा स्पोर्टिङ क्लब र लेटाङ फुटबल क्बलको बिजेतासँग खेल्ने छ ।  

गाईघाटका लागि रितेश तामाङले २ गोल, सुनिल खड्का, दीपक मगर र दिवस राईले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए । इटहरीका लागि सुजन मगरले सान्त्वना गोल गरे ।  

खेल ९ औं मिनेटमा गाईघाटका रितेशले गोल गर्दै टोलीलाई अग्रता दिलाए । दीपक मगरले मिलाइ दिएको पासमा उनले गोल गरे ।

४५ औं मिनेटमा इटहरीका सुजन मगरले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । इटहरीका खेलाडी अभिषेक कालिकोटीलाई डिबक्सभित्र लडाएपछि रेफ्री अनिल खवासले पेनाल्टी दिए ।

६१ औं मिनेटमा गाईघाटका रितेस पुनः टोलीका लागि गोल गर्दै अग्रता दोब्बर बनाए । लगत्तै सुनिल खड्काले गोल गर्दै अग्रता तेब्बर बनाए ।

दीपक मगर र दिवस राईले खेलको अतिरिक्त समयमा समान १–१ गोल थपे । गाईघाटका रितेश तामाङ म्यान अफ द म्याच हुँदै २ हजार रुपैयाँ पाए ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजना भएको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.