
काठमाडौं । काठमाडौंमा जारी १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको मिस्टर धर्मश्रीको प्रिजजिङ राउन्ड सम्पन्न भएको छ ।
नेपालकै जेठो व्ययामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा भइरहेको प्रतियोगिताका लागि प्रिजजिङ राउन्ड सम्पन्न भएको हो ।
प्रिजजिङ राउन्डबाट ६० केजी तौलमा नेपाल व्यायाम मन्दिरका सुरेन्द्रप्रसाद बर्मा, पोखराको रत्नश्री जिमका सुजन थापा, भक्तपुरको उज्ज्वल जिमका नरेश दिवाकर, नर्भ द फिटनेसबाट सिद्धान्त जस रोटिया, मेटल फिटनेसका किसन दास दिवाकर र बी एन्ड एल फिटनेस स्टेसनका धर्मराज खापुङ अन्तिम चरणका लागि छनोट भएका छन् ।
६५ केजी तौलसमूहमा डेयर टु फिट जिमका अजय मलिक, व्यायाम मन्दिरबाट सुरेश मुनिकार, मिस्का फिटनेसका माधव सुवेदी र कलंकी जिमका मिलन राईले पनि अन्तिम चरणको यात्रा तय गरे।
यसै तौलबाट व्यायाम मन्दिरबाट क्षितिज थापा र भूमि जिम एन्ड फिटनेसका नवराज दुम्रे छनोट भएका छन् ।
७० केजी तौलसमूहमा व्यायाम मन्दिरका अतिश बज्राचार्य र आशिष देवा, टोटल फिजिकल फिटनेसका कविराज कटुवाल, प्लाटिनम फिटनेसका दीपजंग रोकामगर, युआर फिटनेसका उपेश सापकोटा र मसल्स एन्ड फिटनेका असिमबाबु गुरुङ दोस्रो चरणमा प्रवेश गर्न सफल भए ।
७५ केजी तौलसमूहबाट पनि ६ खेलाडीले अन्तिम चरणको यात्रा तय गरे। व्यायाम मन्दिरका मनोस श्रेष्ठ, प्लाटिनियमका विनोद सुनार र सन्तोष श्रेष्ठ, सुपर फिटनेसका ब्रिखमान गुरुङ, कोको फिटनेसका पुष्प शंकर र चितवन फिजिकल फिटनेसका मरिचमान लामा छन् ।
त्यस्तै , ८० केजी तौलसमूहमा व्यायाम मन्दिरका आदित्य ठाकुर र सञ्जीव श्रेष्ठ, फिटनेसका अनिष थापा, आइरन जिमका शिशिर थापामगर, मत्स्यनारायण रिक्रियसन सेन्टरका विक्रम गोपाली र ग्यालेक्सी फिटनेसका ललित धिमालले पनि सफलता पाएका छन्।
व्यायाम मन्दिरका ग्रेस महर्जन र सुवास श्रेष्ठ, गोर्खाली फिटनेसका उमेश राई, पावर फिजिकल फिटनेसका सागर श्रेष्ठ, किङ्स अफ फिटनेसका कुशलप्रसाद गुरुङ र इगल फिटनेस एन्ड जिमका रामशरण महर्जनले ८० केजीमाथि तौलसमूहको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
हरेक तौलसमूहका विजेताबीच ओभरअल मिस्टर धर्मश्रीका लागि प्रतिस्पर्धा हुनेछ ।
धर्मश्रीको विजेताले ११ किलो वजन रहेको ट्रफीसहित नगद १२ लाख प्राप्त गर्नेछन् । दोस्रो हुनेले ६ लाख, तेस्रो हुनेले ३ लाख, चौथो हुनेले २ लाख, पाँचौं हुनेले १ लाख ८० हजार र छैटौं हुनेले १ लाख ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् । तौलसमूहमा दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १५ हजार प्राप्त गर्ने भएका छन् ।

खुलातर्फ पाटन जिमकी रिपु घर्ती, कम्पिट्ली हेल्थ क्लबकी शान्ता पालिखे, डिभाइन फिजिकल फिटनेसकी शिला ठकुरी र उर्मिला श्रेष्ठ, क्लब डिस्पिराडोकी तारा खाइजु र प्लाटिनियमकी सोफिया कार्की शाहले अन्तिम चरणमा स्थान बनाएका छन् ।
मास्टर्स खुलातर्फ व्यायाम मन्दिरका सुरज श्रेष्ठ, कृष्णसिंह शाही, किशोर शाही र राजकुमार राई, काठमाडौं जिमका राजकुमार शाही र फिटनेस फ्याक्ट्रीका खिमलाल पुन छनोट भए । पुरुष स्पोट्स फिजिक १७० मुनिको समूहमा पावर फिजिकल फिटनेसका आकाश श्रेष्ठ, एनआरके फिटनेसका रोहित थापा, आर्मीका रमेश फोम्बो, एनवाइएफसीका निरल थापा, गोल्स जिमका श्रीजन महर्जन र आइरन पाराडाइज फिटनेसका ज्ञानेश्वर चौधरीले सफलता पाएका छन् ।
१७० माथिको समूहमा गोल्डस जिमका रमन तुलाधर, मसल्स एन्ड फिटनेसका औतार श्रेष्ठ, फिट टु फिटनेसका लक्ष्मीदत्त पन्त, एक्सपोज जिमका पुकार शाक्य, व्ययाम मन्दिरका शिवकुमार सिंह र आरएनएफसीका नुरबहादुर कुँवरले पनि अन्तिम चरणमा स्थान पक्का गरेका छन् ।
मेन्स एथलेटिक फिजिक ओभर र अन्डर तथा वुमेन्स बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख रूपैयाँ नगद पाउनेछन् । तेस्रोले ७० हजार, चौथोले ५० हजार, पाँचौंले ४० हजार र छैटौंले ३० हजार रूपैयाँ प्राप्त गर्नेछन् । ५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार र छैटौंले १० हजार हात पार्नेछन् ।
यसपल्ट सबै विधाको शीर्ष ६ सम्मका खेलाडीले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको नाममा पिएल सिंह मेन्स फिजिक प्रतियोगिता राखिएको छ। १७औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका हो ।
शनिबार (आज) फाइनल चरणका खेल कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।



















