
विराटनगर । विराटनगरमा जारी ५ औं मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (आइतबार) मोरङको लेटाङ फुटबल क्लब र उदयपुर गाईघाटको फ्युजन फुटबल क्लबबीच खेल हुनेछ ।
विराटनगरस्थित जुट मिलको खेल मैदानमा लेटाङ र गाईघाट उपाधि जितका लागि खेल्ने मिल्स गोल्डकप ट्रष्टका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।
लेटाङले घरेलु टोली पेमा युवा स्पोर्टिङ क्लबलाई सेमिफाइनलमा ६–३ गोलमा पराजित गर्दै फाइनलमा पुगेको हो । गाईघाटले सुनसरी इटहरीको टीएफसी तालतलैयालाई ५–१ गोल अन्तरमा हराउँदै फाइनलमा पुगेको थियो ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५१ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन् ।



















