प्रदेश स्तरीय क्रिकेटको मंगलबार उद्‌घाटन खेलमा इलाम र उदयपुर भिड्दै 

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ११, सोमबार १९:१४

विराटनगर । प्रदेश स्तरीय टी २० क्रिकेट प्रतियोगिता विराटनगर–१९ वैजनाथपुरको गिरिजाप्रसाद कोइराला रंगशालामा मंगलबारदेखि सुरु हुँदैछ । 

मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीले आयोजना गरेको प्रतियोगिताको उद्‌घाटन खेल इलाम र उदयपुरबीच हुने एकेडेमीका सचिव शान्त जोशीले जानकारी दिए ।  

कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । 

चैत १६ गतेसम्म हुने प्रतियोगितामा सुनसरी, झापा, आयोजक मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी, मोरङ, इलाम र उदयपुरको सहभागिता रहेको छ । 

प्रतियोगिता लिगको आधारमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजारका साथै मेडल, ट्रफी प्राप्त गर्ने छन् ।

म्यान अफ द सिरिजले १५ हजार पाउने छन् भने बेस्ट ब्याट्समेन, बेस्ट बलरले जनही ११ हजार पुरस्कार पाउने छन् । खेलको म्यान अफ द म्याच हुने खेलाडीले २ हजार ५ सय प्राप्त गर्ने छन् । 

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.