इक्युवालिटी कप क्रिकेट : फाइनलमा पुगे मोरङ र सप्तरी

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १९, मंगलबार १८:०१

विराटनगर । मोरङ र सप्तरी ‘इक्वालिटी कप क्रिकेट २०२५’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर– ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथो संस्करणमा लगातार २ खेल जितेका मोरङ र सप्तरीले १ खेल अगावै फाइनलको यात्रा तय गरेका हुन् ।

साबिक विजेता मोरङले इलामलाई ९ विकेटले पराजित गरेको छ । लगातार २ खेलमा जित हात पार्दै ४ अंक जोडेको मोरङ शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा तय गरेको हो । लगातार २ खेलमा पराजित इलाम प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरको खेलमा १७.४ बलमा सबै विकेट गुमाई ६२ रनमा सीमित भयो । इलामका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् भने इलामले ४१ रन अतिरिक्त रन पाएको थियो । मोरङकी सानु राजवंशीले २ विकेट लिँदा चाँदनी साह, फुलकुमारी राजवंशी र वन्दना राजवंशीले २–२ विकेट लिइन् ।

६३ रनको झिनो लक्ष्य पछ्याएको मोरङले ५.५ बलमा १ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङको जितमा प्लेयर अफ द म्याच पूर्णिमा राजवंशीले अविजित ३२ रन बनाउँदा सानु राजवंशी १० रनको योगदान दिइन् । पूर्णिमाले २७ बलमा ६ चौका प्रहार गरिन् । इलामकी रञ्जना लिम्बुले १ विकेट लिइन् ।

दोस्रो खेलमा  सप्तरीले सिराहालाई ८ रनले पराजित गरेको छ । सप्तरीले खेलेको दुई खेलमा जित हात पार्दै दोस्रो स्थानमा यथावत् रहँन्दै फाइनलमा प्रवेश गरेको छ । सिराहाले दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २ रनको सामान्य योगफल तयार पारेको थियो ।

सप्तरीकी प्लेयर अफ द म्याच साक्षी यादवले सर्वाधिक ५७ रन बनाइन् । उनले ५४ बलमा ६ चौका प्रहार गरिन् । सिराहाकी अनुराधा चौधरीले ४ विकेट लिँदा सरस्वती चौधरीले ३ विकेट लिएकी थिइन् ।

१०३ रनको सामान्य लक्ष्य पछ्याएको सिराहाले पुरै ओभर खेल्दै ९ विकेट गुमाई ९४ रन बनाएको थियो । सिराहाकी सरस्वती मुखियाले अविजित १३ रन बनाउँदा प्रसिद्का खडकाले अविजित ११ रन बनाइन् । सप्तरीकी अपेक्षा यादवले ४ विकेट लिँदा साक्षी यादव र सुस्मीता यादवले समान २–२ विकेट लिइन् ।

प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउन्डेसन र क्रिकेट विथ आउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटी कप क्रिकेट आयोजना भएको हो ।

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.