धरानको वनमा चुनकुमारीको हत्या : घटनामा परिवारकै सदस्यको संलग्नता  

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २९, शुक्रबार ११:५३

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा गत सोमबार अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्यामा परिवारकै सदस्य संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।

महिलाको बिहीबार पहिचान खुलेपछि अनुसन्धान सुरु गरेको प्रहरी उनको हत्यामा परिवारभित्रकै सदस्यको संलग्नता रहेको निष्कर्षमा पुगेको हो । प्रहरीका अनुसार धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको हत्या भएको हो । पछिल्लो २ वर्षयता उनी १३ वर्षीय छोरासँग इटहरी उपमहानगरपालिका–२ हलगडामा डेरा बस्दै आएकी थिइन् ।

महिलाको हत्यामा परिवारकै संलग्नता रहेको ‘क्लू’ फेला परेपछि प्रहरीले अनुसन्धानका लागि मृतकको घरतर्फका ४ चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले देवर, देउरानी र नन्दसहितलाई नियन्त्रणमा लिएको हो । अर्का १ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूले घटनाको अनुसन्धान भइरहेको बताए । घटनाको विषयमा सोधपुछका लागि केहीलाई नियन्त्रणमा लिइसकिएको भए पनि हत्यामा उनीहरुको संलग्नता छ कि छैन भनेर यकिन हुन बाँकी रहेको उनको भनाइ छ ।

मृतकका पति प्रेमबहादुर बुढाथोकी वैदेशिक रोजगारीका लागि कोरियामा छन् ।  कोरियाबाट आएर उनी करिब ३ महिना अघि पुनः कोरिया नै फर्किएका थिए । प्रहरीका अनुसार पतिसँग चुनकुमारीको सम्बन्ध राम्रो थिएन ।

चुनकुमारीको हत्यामा श्रीमानसँगको खटपट पनि कारण देखिएको प्रहरी स्रोतले बतायो । चुनकुमारी र प्रेमबहादुरबीच करिब १६ वर्षअघि विवाह भएको थियो । उनीहरुका १३ वर्षीय छोरा छन् । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

धरानमा हत्या गरिएकी चुनकुमारी : छोरासँग इटहरी बस्थिन्, पति कोरियामा

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.