
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । प्रतितोला ७ हजार ५ सय रूपैयाँले मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भाउ घटेसँगै मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रूपैयाँ कायम भएको छ । मंगलबार तोलाको १ लाख ९७ हजार ९ सय रूपैयाँ पुगेको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला ५ रूपैयाँले मूल्य घटेको हो । भाउ घटेर चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६५ रूपैयाँ कायम भएको छ ।

























