धरानमा खुला गल्फ प्रतियोगिता हुँदै

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १०, बुधबार २०:२१

विराटनगर । धरानमा ‘दोस्रो कोशी प्रदेश खुला गल्फ’ प्रतियोगिता हुने भएको छ ।

कोशी गल्फ एसोसिएसनले धरान गल्फ क्लबको गल्फ कोर्समा वैशाख १३ गते प्रतियोगिता आयोजना गर्न लागेको एसोसिएसनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा एसोसिएसनले आयोजना गर्न लागको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका साथै काठमाडौं, पोखरा र भारतको सिलिगुडीबाट सिनियर, जुनियर र महिला गरेर करिब ८० एमेटुएरको सहभागिता हुने छन् ।

प्रतियोगितामा ग्रस तथा नेट, नियरेस्ट द पिन, लङगेस्ट ड्राइभलगायतका विधामा प्रतिस्पर्धा हुनेछ । विजेता तथा उपविजेता खेलाडीले ट्रफी प्राप्त गर्ने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.