
काठमाडौं । वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औँ संस्करणमा सहभागी हुन ९ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्दै छ ।
नेपाली टोली बिहीबार राती साढे ११ बजे जापान प्रस्थान गर्ने छन् । अप्रिल २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा अंकित गौतम, चन्द्रप्रसाद गौतम, खुसी गौतम, मलाइका घुल्लु, वीरेन्द्र हुमागाईँ, योगेश योगी, सफल लामा, सुलभ शर्मा र खुसी जोशीले प्रतिस्पर्धा गर्ने छन् ।
टोली नेतामा प्रह्लाद थापा तथा व्यवस्थापकमा विष्णु थापा, गंगाप्रसाद गौतम र प्रदीप थापा रहेका छन् ।
अन्तर्राष्ट्रिय निर्णायक द्वय टीकाप्रसाद लिम्बू र बब्लु शिवाकोटीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबिच बिदाइ गरे ।
त्यस्तै, सोही प्रतियोगितामा १ पुरुष र ३ महिला खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ६८ केजीमुनि विमल रोकायाले प्रतिस्पर्धा गर्ने छन् । महिला ७८ केजीमुनि मुना खवास मगर, ५२ केजीमुनि एन्जुना राई र ४२ केजीमुनि डोल्पा लामाले खेल्ने छन् । उनीहरू पनि बिहीबार राति जापान जाने छन् ।



















