सुनको मूल्य तोलामा १ हजार घट्यो 

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १२, शुक्रबार ११:३९

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको जनाएको छ ।

महासंघका अनुसार घटेको सुनको मूल्य तोलामा १ लाख ८९ हजार ६ सय रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ३ सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.