विराटनगरमा आत्मरक्षा तालिम

Share this
819shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १३, शनिबार १९:४८

विराटनगर । ‘प्रथम कोशी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम’ शनिबार विराटनगरमा सम्पन्न भएको छ ।

कोसी प्रदेश आईटीएफ तेक्वान्दो संघले विराटनगरस्थित कर्भड हल आयोजना गरेको आत्मरक्षा प्रदेशका ७ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो ।

आत्मरक्षा तालिममा मोरङ, झापा, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ र भोजपुरका १ सय ७ मध्ये पुरुष ७५ जना र महिला ३२ जना खेलाडीले भाग लिएका थिए । तालिममा सहभागीहरूलाई नवीन तामाङ र राजेन्द्र धिमाल प्रशिक्षण दिएका थिए ।

कोसी प्रदेश आईटीएफ तेक्वान्दो संघका कोषाध्यक्ष ओमकुमार श्रेष्ठको सभापतित्व भएको कार्यक्रमका प्रमुख अतिथि मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरजबहादुर श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष राम पोखरेल, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्की, डोरीतानका केन्द्रीय उपाध्यक्ष सूर्य भट्टराई, तेक्वान्दो महासंघका उपाध्यक्ष चतुरलाल चौधरीलगायतले तालिममा सहभागी खेलाडीलाई शुभकामना दिएका थिए ।

उनीहरूले तालिमबाट खेलाडीहरूको क्षमता अभिवृद्धि तथा थप अनुशासित बन्न मद्दत गर्ने बताउनुका साथै यहाँ सिकेका आत्मरक्षा गर्ने कला कौशललाई आफूमा लागु गर्नुका साथै साथीभाइलाई समेत सिकाउन आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.