
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य प्रतितोला १ सय रूपैयाँले बढेको छ ।
भाउ बढेसँगै मूल्य तोलाको १ लाख ८९ हजार ७ सय रूपैयाँ कायम भएको छ । यसअघि शुक्रबार १ लाख ८९ हजार ६ सय रूपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको हो । भाउ घटेसँगै मूल्य १ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ ।

























