
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ । भाउ घटेसँगै मूल्य प्रतितोला १ लाख ८८ हजार ३ सय रूपैयाँ कायम भएको छ । आइतबार १ लाख ८९ हजार ७ सय रूपैयाँ थियो ।
नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला २० रूपैयाँले घटेको हो । भाउ घटेसँगै चाँदीको मूल्य तोलाको १ हजार ९ सय ७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

























