आज पनि घट्याे सेयर बजार

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १६, मंगलबार १५:५१

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १५.०८ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा १५.०८ प्रतिशत बजार घट्दा २६३१ अंकमा कारोबार बन्द भएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ९१ करोडको कारोबार भएको थियो । आज आज ७ अर्ब ५७ करोडको कारोबार भएको छ ।

आज ५७ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै १=२२ प्रतिशत घट्यो । बैंकिङ ०.५७, विकास बैंक ०.९०, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.२०, लगानी ०.८३, जीवन बीमा ०.५४, उत्पादन ०.३४, माइक्रोफाइनान्स ०.७८, निर्जीवन बीमा ०.३२, व्यापार ०.५१ र अन्य ०.७५ प्रतिशत घटेकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.