धनकुटामा औद्योगिक प्रदर्शनी तथा पर्यटन उत्सव हुँदै 

Share this
806shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १६, मंगलबार १८:३८

विराटनगर । घरेलु तथा साना उद्योग महासंघ धनकुटाले औद्योगिक प्रदर्शनी तथा पर्यटन उत्सव आयोजना गर्ने भएको छ ।

महासंघले धनकुटामा वैशाख २३ देखि जेठ ५ गतेसम्म औद्योगिक प्रदर्शनी र पर्यटन उत्सव आयोजना गर्न लागेको जनाएको छ ।

प्रदर्शनीमा स्थानीय लघु, घरेलु र साना उद्योगबाट उत्पादित वस्तु तथा सेवाको प्रदर्शनीका साथै कोशी पर्यटन २०८२ लाई सघाउ पुर्‍याउन पर्यटन गन्तव्यका बारेमा जानकारी र टुर प्याकेजको व्यवस्था मिलाइएको आयोजक समितिका संयोजक विजयसन्तोषी राईले जानकारी दिए ।

प्रदर्शनीमा स्थानीय घरेलु उत्पादन तथा सेवाका ३५ भन्दाबढी स्टल रहने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.