पाण्डेले जिते भ्वाइस अफ नेपाल सिजन–६ को उपाधि

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख २०, शनिबार ०७:३६

काठमाडौं । सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’ सिजन–६ को उपाधि प्रशेष पाण्डे जितेका छन् ।

धादिङका पाण्डे शुक्रबार राति आयोजित ग्राण्ड फिनालेमा विजयी भएका हुन् । उनी खेम सेन्चुरीको समूहबाट प्रतस्पर्धी थिए । कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप र कोच राजु लामाको समूहबाट इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए ।

Advertisement

कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी रहेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् । विजयी घोषित भएका पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरेका छन् भने अन्य दुई प्रायोजकबाट १–१ लाख रुपैयाँ हात पारे ।

जितपछि पाण्डेले फरक क्षमता भएकाहरू पनि गायनमा उत्कृष्ट हुनसक्छन् भन्ने प्रमाणित भएको उल्लेख गरे । आफ्नो विजय फरक क्षमता भएकाहरुको जित रहेको उनको प्रतिक्रिया छ ।

हिमालय टिभीमा २ महिनादेखि भ्वाइसको छैटौं सिजन प्रसारण भइरहेको थियो । लगत्तै हिमालय टिभीले भ्वाइसको किड्स संस्करण पनि सुरु गर्दैैछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.