आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २४, बुधबार ११:५४

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । बुधबार तोलामा १ हजार ७०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा १ लाख ८९ हजार ९०० कायम थियो ।

यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.