सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २५, बिहीबार ११:३४
सुनचाँदीको मूल्यमा वृद्धि

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ९२ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार भने तोलामा १ हजार ९६५ रुपैयाँ कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.