सप्तरीको सप्तकोशीमा वित्तीय साक्षरता कार्यक्रम 

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३०, मंगलबार २०:१५

विराटनगर । उदयपुरको पतेश्वरीमा रहेको विजय लघुवित्त वित्तीय संस्थाले सप्तरीको सप्तकोशी नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

सप्तकोशी –११ भगिनीमा मंगलबार (आज) संस्थाको केन्द्रीय कार्यालय धुलिखेल क्लष्टर नंं. १ का अनुगमन अधिकृत तेजबहादुर खड्काको प्रमुख आतिथ्ययतामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बैंक तथा वित्तीय प्रणालीप्रति सचेत बनाउने, बचत र कर्जाको महत्त्व बुझाउने र जिम्मेवार ढंगले आर्थिक कारोबार गर्न सिकाउने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

स्थानीय समुदायमा वित्तीय अनुशासन, बचत, कर्जा व्यवस्थापन र जोखिम न्यूनीकरणका महत्वपूर्ण पक्षहरूमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले देशभर वित्तीय साक्षरता अभियान सञ्चालन गर्दै आएको अधिकृत खड्काले बताए ।

कार्यक्रममा तपेश्वरी शाखाका प्रमुख विश्वास बाबु ढकाल, समाजसेवी रामकुमार कार्की, राम लुइँटेल, विजय यादवलगायतले वित्तीय साक्षरताबारे बोलेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.