स्वार्थी संसार गीत सार्वजनिक

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख ३०, मंगलबार २०:२७

विराटनगर । गीतकार नारायण खतिवडाको शब्द सिर्जना रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ ।

डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको ‘स्वार्थी संसार’ गीतमा लक्ष्मण शेषको संगीत सिर्जना एवं स्वरूपराज आचार्यको स्वर रहेको छ ।

वरिष्ठ संगीतकार लक्ष्मण शेषको लामो समयपछि कमब्याक भएको छ । बहुसङ्ख्यक मानिसहरूले समय क्रममा स्वार्थ प्रेरित कुनै न कुनै अनुभव र घटना व्यवहोरेको भाव र सन्देश सो गीतमा रहेको छ ।

आजभोलि मानिसहरू आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने, लाभ लिने तर आफ्नो स्वार्थ पूरा भएपछि कुल्चेर हिड्ने प्रवृत्तिलाई गीतमा गहन रूपमा प्रस्तुत गरिएको पाइन्छ ।

गीतकार खतिवडाका यसभन्दा पहिला पनि दर्जनौँ गीतहरू बजारमा आएका छन् । सम्झनाका पाइलाहरू नामक गीति सङ्ग्रहमा १ सय ९ वटा गीतहरू समावेश छन् भने स्वदेश छोडी, मनका कुरा, विन्दास, देखूँ देखूँ, सन्देश पुर्‍याइदेऊ, मेरो कथा, चोखो चोखो लगायतका गीतहरू बजारमा आइसकेका छन् ।

सरकारी सेवामा रहेका खतिवडा गीत, कविता, मुक्तक र समसामयिक लेख रचना विधामा पनि कलम चलाउँदै आएका छन् ।

सामाजिक परिवेश, वर्तमान परिस्थिति, समसामयिक घटना, प्रेम, वियोगी, राष्ट्र र राष्ट्रियता पक्षलाई कलात्मक, रचनात्मक र सन्देशमूलक भावसहित साहित्यमा उतार्न स्रष्टा गीतकार खतिवडाको पछिल्लो सिर्जना ‘स्वार्थी संसार’ पनि एउटा उदाहरणीय गीत बनेको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×