
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार (आज) बढेको छ । बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजोको १ लाख ८४ हजार ८ सय रुपैयाँको तुलनामा ५ सय रुपैयाँले बढेको हो ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ पुगेको छ, जुन हिजोको १ हजार ९ सय ७० रुपैयाँको तुलनामा १० रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ ।

























