‘के घर के डेराः घर नम्बर २’ देशभर प्रदर्शनमा

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ २, शुक्रबार १५:२३

काठमाडौं । दिपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र‘के घर के डेराः घर नम्बर २’ आज (शुक्रबार) देखि देशभर प्रदर्शनमा आएको छ ।

सामाजिक कथा बस्तुमा आधारित यस चलचित्रले शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबीचको सम्बन्ध र आमनागरिकको जीवनकथालाई सजीव ढंगले उजागर गर्न खोजेको छ ।

खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन् । उनले यसपटक पनि शहरको वास्तविक जीवनभित्र गहिरिएर त्यही कथालाई पर्दामा उतारेका छन् ।

फिल्म रिलिजको पूर्वसन्ध्यामा बुधबार काठमाडौंको सुन्धारास्थित क्यूएफएक्स सिभिल मलमा विशेष प्रिमियर शो आयोजना गरिएको थियो ।

प्रिमियरमा निर्माण पक्षले बजार, मल र चोकमा भेटिएका १८० भन्दा बढी सर्वसाधारणलाई निमन्त्रणा गरेर फिल्म देखाएको थियो । निर्देशक खनालका अनुसार यो प्रयोग नेपाली फिल्म उद्योगमै पहिलो पटक गरिएको शैली हो ।

सेलिब्रिटी अथवा आफन्तहरूले प्रायः सकारात्मक प्रतिक्रिया दिने भएकाले दर्शकको इमान्दार भावना जान्नको लागि सर्वसाधारणलाई सहभागी गराएको निर्देशक खनालले बताए । प्रिमियरमा सहभागी आम दर्शकहरूले फिल्मप्रति उत्साहजनक प्रतिक्रिया दिएका थिए ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×