सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ४, आइतबार १०:५७
सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । सुनको भाउ आज (आइतबार) तोलामा छ सय रुपैयाँ घटेको छ । अस्ति शुक्रवार एकैदिन तीन हजार रुपैयाँले बढेकोे सुनको भाउ आज केही घटेको हो ।

तोलामा छ सय रुपैयाँ घटेर आज सुनको भाउ तोलाको एक लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँ थियो । आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी शुक्रबारकै भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.