
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्रका सञ्चार संस्थालाई विज्ञापन तथा सूचना उपलब्ध गराउने नीति लिएको छ ।
साथै सञ्चार संस्था तथा सञ्चारकर्मीहरूको क्षमता विकास गर्न कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा सरकारले गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशभित्रका सञ्चार संस्थालाई विज्ञापन तथा सूचना उपलब्ध गराउने नीति लिएको जानकारी दिएका छन् ।
उनले सञ्चार क्षेत्रलाई व्यवस्थित र सशक्त बनाउन राज्यको भूमिका प्रभावकारी हुने स्पष्ट पारे ।

























