नेरुडे–मिर्मिरेको साधारण सभा सम्पन्न

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ६, मंगलबार १२:५८

विराटनगर । नेरुडे–मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मणिकुमार अज्र्यालको सभाध्यक्षतामा काभ्रेपलाञ्चोकको धुलिखेलमा सोमबार १८ औं साधारण सभा सम्पन्न भएको हो । सभाले संचालक समितिको तर्फबाट अध्यक्ष अज्र्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले लेखापरीक्षकको लेखा परीक्षण प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८०–०८१ को नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा लेखा सम्बन्धी नीतिहरुसहित सम्बन्धित अनुसूचीहरु पारित समेत गरेको छ । साथै सभाले साविक मिर्मिरे लघुवित्त वित्तीय संस्थाको मिति २०८०/११/२९ गतेसम्मको लेखा परीक्षकको प्रतिवेदन लगायत विवरण तथा लेखा सम्बन्धी नीतिहरु समेत पारित गरेको छ ।

सभामा आर्थिक वर्ष २०८१–०८२ का लागि संस्थाको लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुुक्ति तथा पारिश्रमिक समेत तोकेको छ । विशेष प्रस्तावअन्तर्गत संस्थाको कर्पोरेट कार्यालय सार्ने सम्बन्धमा संस्थाको प्रबन्धपत्र, नियमावली संशोधन तथा अन्य कुनै नियामक निकायहरुबाट कुनै संशोधन गर्न निर्देशन भएमा त्यस बमोजिमको नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारीसमेत दिएको छ ।

साधारण सभाले वित्तीय संस्थाको नियमावलीमा व्यवस्था भए बमोजिम संचालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहका ३ जना निर्वाचित भएका छन् । मणिकुमार अज्र्याल, सन्तोष फुयाल र टेकबहादुर बोहरा चुनावी प्रक्रियाबाट निर्वाचित भएका हुन् ।

सर्वसाधारण समूहका ३ जना सञ्चालकहरु सुधीरकुमार श्रेष्ठ, सञ्जु घिमिरे र राजकुमार राई निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित भएकाको कार्यकाल ४ वर्षको हुने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.