टोटनहामले जित्याे युरोपा लिगको उपाधि

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ ८, बिहीबार ०६:३०

काठमाडौं  । टोटनहाम हस्टस्पर्सले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहामले उपाधि जितेको हो ।

टोलीलाई जित दिलाउने क्रममा खेको ४२ औँ मिनेटमा ब्रेनान जोन्सनले गरेको गोल नै निर्णायक बन्यो ।

Advertisement

टोटनहाम उपाधि सहित अर्को वर्षको च्याम्पियन्स लिगमा समेत छनोट भएको छ । म्यानचेस्टर युनाइटेडका लागि भने यो सिजन खराब बनेको छ ।

घरेलु लिगमा भने टोटनहाम १७ औँ तथा युनाइटेड १६ औँ स्थानमा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.