‘सीप उत्सव २०८२’ आयोजना हुने

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ८, बिहीबार १६:२५

विराटनगर । आवश्यकता अनुसारको दक्ष जनशक्ति उत्पादन, उत्पादित जनशक्तिलाई रोजगारका अवसरको सुनिश्चितताका साथै स्वदेशमा रोजगारीका अवसर भएको सन्देश प्रवाह गर्न ‘सीप उत्सव २०८२’ आयोजना हुने भएको छ ।

आज (बिहीबार) पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । इन्स्योर हेल्भेटासको प्राविधिक सहयोग र सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको समन्वयमा उद्योग संगठन मोरङले उक्त कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।

जेठ १० गते र ११ गते हुने कार्यक्रमको पहिलो दिन अन्तर शिक्षालय सीप प्रतिस्पर्धा, लाइभ तालिम, वृत्ति परामर्श तथा दोस्रो दिन अन्तिम सीप प्रतिस्पर्धा र पुरस्कार वितरण गरिने जनाइएको छ ।

उद्योग संगठन मोरङको तीनपैनी, विराटनगरस्थित सचिवालयमा हुने कार्यक्रमका सहयोगी संस्थाहरुमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद कोशी प्रदेश, कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ मोरङ, होटल एसोसिएसन अफ नेपाल, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन अफ नेपाल लगायत छन्।

कार्यक्रमको लक्षित समूहहरुमा सूचना प्रविधि, होटल व्यवस्थापन, इलेक्ट्रिकल इन्जिनियरिङ र अटोमोबाइल इन्जिनियरिङ तर्फका विद्यार्थी, उद्योग प्रतिष्ठानका प्रतिनिधिहरु, प्राविधिक शिक्षालयहरु, सूचना प्रविधि, हस्टिटेलिटी, अटोमोबाइल क्षेत्रहरु र प्रदेश तथा जिल्ला स्तरका संघ संस्थाहरु रहेको संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.