शुक्रबार बजारमा सुनको मूल्य १ हजार घट्यो

Share this
830shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ९, शुक्रबार ११:१६

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन घटेसँगै नेपालमा पनि घटेको हो ।

नेपाली बजारमा बिहीबारको तुलनामा शुक्रबार (आज) १ तोला सुनको मूल्य १ हजार १ सयले घटेको हो । चाँदी पनि तोलामा २० रुपैयाँ ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनचाँदी व्यवसायीका अनुसार आज १ तोला सुनको मूल्य १ लाख ९० हजार ४ सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदी २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.