बजेट स्वीकृत गर्न मन्त्रिपरिषद बैठक बस्दै

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १३:०९

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्न आज (बिहीबार) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । संघीय संसद्को संयुक्त सदनमा आजै प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेलले तयार पारेको आगामी आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्नेछन् । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री पौडेलले आजै ३ बजे संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.