प्रदेश र स्थानीय सरकारलाई ५ खर्ब ८२ अर्ब दिने घोषणा

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १५:५०

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ मा प्रदेश र स्थानीय सरकारका लागि ५ खर्ब ८२ अर्ब ८२ करोड उपलब्ध गराउने घोषणा गरेको छ ।

अर्थ एवं उपप्रधानमन्ी विष्णु पौडेलले आगामी बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । उक्त रकम प्रदेश सरकार तथा स्थानीय तहले पाउने राजश्व बाँडफाँट र अन्य अनुदान समेतको रहेको जानकारी पौडेलले दिए ।

चालु वर्षमा प्रदेश र स्थानीय तहलाई गरिने राजस्व बाँडफाँटतर्फ १ खर्ब ६५ अर्ब हस्तान्तरण हुने अनुमान गरिएको छ । प्रदेश तथा स्थानीय तहले समानीकरण, विशेष, सशर्त, समपूरक र राजस्व बाँडफाँटको शीर्षकअन्तर्गत बजेट पाउने गरेका छन् ।

यसमध्ये सशर्त अनुदानतर्फ प्रदेशलाई ३० अर्ब २५ करोड, स्थानीय तहमा २ खर्ब ११ अर्ब ४६ करोड विनियोजन गरिएको छ । त्यस्तै, समानीकरण अनुदानतर्फ प्रदेशलाई ६० अर्ब ६ करोड र स्थानीय तहलाई ८८ अर्ब ६५ करोड विनियोजन गरिएको छ ।

विशेष अनुदानतर्फ प्रदेशमा ३ अर्ब ३७ करोड र स्थानीय तहमा ९ अर्ब ८९ करोड छुट्टाइएको छ । समपूरक अनुदानतर्फ प्रदेशमा ३ अर्ब २८ करोड र स्थानीय तहमा १० अर्ब ६ करोड रुपैयाँ विनियोजन गरिएको पौडेलले जनाए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.